
एजेन्सी । अन्तराष्ट्रिय क्रिकेटमा आज ईङल्याण्ड र अष्ट्रेलियाबिचको पाँचौ तथा अन्तिम टेष्टसंगै भारत र साउथ अफ्रिकाबिचको एक मात्र टी–२० क्रिकेट, बंगलादेश र अफगानिस्तानको टी–२० प्रतिस्पर्धा र त्रिकोणात्मक टी–२० सिरिजमा आयरल्याण्ड र नेदरल्याण्ड्स भिड्ने छन् ।
पछिल्लो अवस्था :
- पाँचौ तथा अन्तिम टेष्टमा ईङल्याण्डले दिएको ३ सय ९९ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले लञ्च ब्रेक अघि ३ विकेट गुमाएर ६८ रन बनाएको छ । उसलाई जितका लागि ३ सय ३१ रन आवश्यक रहदा ७ विकेट सुरक्षित छ ।
- भारत र दक्षिण अफ्रिकाबिचको खेल नेपाली समयानुसार राती सवा ७ बजे धर्मशालामा हुनेछ ।
- बंगलादेश र अफगानिस्तानबिचको खेल ढाकामा अहिले केहिबेरमा सुरु हुनेछ । खेलमा टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ ।
- आयरल्याण्ड र नेदरल्याण्डबिचको खेल डुब्लिनमा नेपाली समयानुसार साँझ सवा ६ बजे सुरु हुनेछ । सिरिजमा स्कटल्याण्डपनि सहभागी छ ।
