Logo

अन्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगीतामा प्रदेश एक र लुम्बिनी प्रदेश विजयी

ई-खेलकुद २०७८ मंसीर ७ , मंगलबार ०४:११ मा प्रकाशित

काठमाडौं । अन्डर–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा प्रदेश एक र लुम्बिनी प्रदेशले विजयी सुरुवात गरेका छन् । आज सुरु प्रतियोगीताको पहिलो खेलमा प्रदेश एकले बागमती प्रदेशलाई २६ रनले हराएको हो । किर्तिपुरस्थित बित्रि क्रिकेट मैदानमा प्रदेश एकले दिएको १ सय ७६ रलको लक्ष्य पछ्याउने क्रममा बागमती प्रदेश ३१ दशमलव ४ ओभरमा १ सय ४९ रनमा समेटियो । विपिन शाहीले सर्वाधिक ४३ र विवेक मगरले ४२ रन बनाएपनि बनगमतीलाई लक्ष्यसम्म पुर्याउन सकेनन् । प्रदेश एकका लभ कामतले ५ तथा दिपेश कँडेलले ३ विकेट हात पारे । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश एकले ४५ दशमलब ३ ओभरमा अलआउट हुँदै १ सय ७५ रनको योगफल तयार पारेको थियो । उसको जितमा दिपक जोशी र लभ कामतले समान ३३ रन बनाए । सोनु अन्सारीले ३२ र दिपेश कँडेलले २३ रनको योगदान गरे । बागमतीका तिलक भण्डारी र क्रिस कार्कीले समान ३ विकेट लिए ।

मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकीलाई ९ विकेटले पराजित गरेको छ । गण्डकीले दिएको २४ रनको झिनो चुनौती लुम्बिनीले ५ दशमलव ५ ओभरमा एक विकेट गुमाएर पुरा गर्यो । लुम्बिनीका लागि देव खनालले अविजित १८ रन जोडे । विराट भण्डारी ८ रनमा अविजित रहे । यसअघि पहिले ब्याटिङ गरेको गण्डकी १४ दशमलब २ ओभरमा २३ रनमा अलआउट भएको थियो । गण्डकीका लागि अर्जून कुमालले सर्वाधिक ६ रन तथा विष्णु पाण्डेले ५ रन जोडे । गण्डकीका ७ बिना स्कोर पभेलियन फर्किएका थिए । गण्डकीलाई सस्तैमा समेट्न लुम्बिनीका मोहम्मद हुसेनले सर्वाधिक सात विकेट चट्काए ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?