Logo

अन्डर–१९ राष्ट्रिय क्रिकेट : उपाधिका लागि लुम्बिनी र सुदुरपश्चिम भिड्ने

ई-खेलकुद २०७८ मंसीर १७ , शुक्रबार ०२:१२ मा प्रकाशित

काठमाडौं । १९ बर्ष मुनीको राष्ट्रिय क्रिकेट प्रतियोगीताको उपाधिका लागी लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेश भिड्ने भएका छन् । समूहचरणको अन्तिम खेलमा वागमती प्रदेशलाई ८ विकेटले हराउदै सुदुरपश्चिमले उपाधि यात्रा तय गरेको हो । किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा वागमतीले दिएको ९६ रनको लक्ष्य सुदुरपश्चिमले २३ दशमलव १ ओभरमा २ विकेट गुमाएर पुरा गर्यो । उसको जितमा नरेन भट्टले अविजित ३७ र राहुल भण्डारीले ३१ रनको योगदान गरे । वागमतीका गौतम केसी र प्रतिश जिसीले एक–एक विकेट हात पारे ।
यसअघि पहिले ब्याटिङ गरेको वागमती ३० दशमलब १ ओभरमा ९५ रनमा अलआउट भएको थियो । विवेक मगरले सर्वाधिक ३२ रन बनाएको वागमतीको ईनिङसमा क्रिस कार्कीले १७ रन बनाए । उसलाई सस्तैमा समेट्न सुदुरपश्चिमका हेमन्त धामीले सर्वाधिक ५ तथा शेर मल्लले ४ विकेट हात पारे ।
सुदुरपश्चिमले आईतबार हुने फाइनलमा लुम्बिनी प्रदेशको सामना गर्नेछ । लुम्बिनी भने यसअघि नै ६ मध्ये ५ खेल जित्दै फाइनलमा प्रवेश गरिसकेको थियो । सुदुरपश्चिमले ६ मध्ये ४ खेलमा जित निकाल्दै दोस्रो स्थानमा रहेर उपाधि यात्रा तय गरेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?