Logo

अन्डर १९ महिला टोली आज स्वदेश फर्कदै

ई-खेलकुद २०७८ पुस ९ , शुक्रबार ११:१२ मा प्रकाशित

काठमाडौं । बंगलादेशमा भएको १९ बर्ष मुनीका महिला साफ च्याम्पियनसिप फुबलमा सहभागी महिलो टोली आज काठमाडौं फर्कदैछ । प्रतियोगीताको समूहचरणबाटै बाहिरिएको नेपाली टोली साँझ पौने ६ बजे काठमाडौ आइपुग्ने छ ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार खेलाडीसहितको सम्पुर्ण टोली साँझ काठमाडौं आउन लागेको हो । राउण्ड रोबिन लिगका आधारमा भएको प्रतियोगीतामा २ जित एक बराबरी र एक हारको नतिजा निकालेको नेपाल फाइनलमा पुग्न भने असफल भएको थियो ।

यद्यपी नेपालले फेयर प्ले अवार्ड जितेको थियो । च्याम्पियनसिपको उपाधि भने आयोजक बंगलादेशले जितेको थियो । फाइनलमा भारतलाई १–० गोल अन्तरले हराउदै बंगलादेश लगातार दोस्रो पटक विजेता बनेको हो ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?