Logo

अण्डर–१९ राष्ट्रिय क्रिकेट प्रतियोगीता आज सुरु हुँदै

ई-खेलकुद २०७८ मंसीर ७ , मंगलबार १२:११ मा प्रकाशित

काठमाडौं । अन्डर-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता आज सुरु हुँदैछ । नेपाल क्रिकेट संघ क्यानको आयोजनामा हुने प्रतियोगीताको उद्घाटन खेलमा प्रदेश एक र बागमती प्रदेश प्रतिस्पर्धा गर्नेछन् ।

किर्तिपुरस्थित त्रिबि क्रिकेट मैदानमा हुने उद्घाटन खेल बिहान ९ बजे सुरु हुनेछ । सोहि समय मुलपानी क्रिकेट मैदानमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रतिस्पर्धामा उत्रनेछन् ।

एकदिवसीय फर्मेट तथा राउन्ड रोविनका आधारमा खेलाइने प्रतियोगितामा ७ टोलीले प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगितामा सातवटा प्रदेशका टोली सहभागी छन् । प्रतियोगिता मंसिर १९ गतेसम्म चल्नेछ । लामो समयपछि हुन लागेको उमेर समुहको राष्ट्रिय प्रतियोगीताको पुरस्कार राशी भने सार्बजनिक गरिएको छैन् ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?