Logo

अण्डर १९ टोलीको प्रशिक्षकमा मेघराज केसी नियुक्त

ई-खेलकुद २०७६ असोज १५ , बुधबार ०५:१० मा प्रकाशित

काठमाण्डौ । मेघराज केसी अण्डर १९ टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले केसीलाई युवा टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो ।
यसअघि जिम्मेबारीमा रहेका चेतनारायण श्रेष्ठले राजिनामा दिएपछि एन्फाले केसीलाई रिक्त स्थानमा नियुक्त गरेको हो । थ्रीस्टार क्लबका प्रशिक्षक समेत रहेका केसीले राष्ट्रिय टोलीमा पनि सहायक प्रशिक्षकको रुपमा काम गरिसकेका छन् ।
टेक्निकल कमिटीले मुख्य प्रशिक्षकका लागि केसी र छिरिङ लोप्साङलाई सिफारिस गरेको थियो । सिफारिस गरिएका मध्येबाटै एन्फाले केसीलाई जिम्मेबारी प्रदान गरेको हो । एएफसी यू–१९ छनोटको तयारीमा रहेको टोलीलाई यसैसाताबाट केसीले प्रशिक्षण प्रदान गर्नेछन् । नोभेम्बर ६ बाट ईरानमा सुरु हुने प्रतियोगितालाई मध्यनजर गर्दै एन्फाले प्रशिक्षक नियुक्त गरेको हो । छनोट अन्तर्गत समुह डीमा रहेको नेपालले आयोजक ईरानसंगै बलिया टोलीहरु युएई र किर्गीस्तानसंग प्रतिस्पर्धा गर्नेछ । नेपालले युएईसंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?