Logo

अण्डर १९ एसिया कपमा आश्चर्यजनक नतिजा निकाल्छौ : प्रशिक्षक दास

ई-खेलकुद २०७६ भदौ ५ , बिहीबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा भदौ १९ देखी २८ सम्म चल्ने अण्डर १९ एसिया कप क्रिकेट प्रतियोगितामा नेपाली टोलीले कम्तीमा सेमिफाइनल पुग्ने योजना बनाएको छ । प्रतियोगिताको समुह बीमा रहेको नेपालले भदौ २० गते श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल रहेको समुहमा आयोजक श्रीलंकासंगै बंगलादेश र युएई रहेका छन् । टोलीका मुख्य प्रशिक्षक बिनोद दासले कमजोर तयारी भएपनि नेपाल, आश्चर्यजनक नतिजा निकाल्न सक्ष्ँम रहेको बताउनुभयो ।

दासले भन्नुभयो– टोलीको सेट निक्कै मिलेको छ, खेलाडीहरुमा क्षमता पनि छ, अनुभवका हिसावले पनि फाईदा पुग्ने अवस्था छ, टोलीको यात्रा लामो हुन्छ भन्नेमा म आशाबादि छु ।
तयारी राम्रो हुन नसकेपनि टोलीले नियमित खेल खेलिरहेको तथा प्रतियोगिता अघि बलिया टोलीसंगको अभ्यास खेल्ने तालिका समेत रहेकाले त्यसले पनि नेपाललाई थप हौसला प्रदान गर्ने उल्लेख गर्नुुभयो ।
शनिबार श्रीलंका जाने टोलीले प्रतियोगिता अघि अफगानिस्तान, पाकिस्तानसहित २ वटा अभ्यास खेल खेल्ने तयारी गरेको छ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?