Logo

अण्डर १९ एसियाकप : नेपाली टोलीलाई मुख्य ब्याट्सम्यानको फर्मको चिन्ता

ई-खेलकुद २०७६ भदौ १४ , शनिबार ०९:०८ मा प्रकाशित

काठमाण्डौ । नेपाली युवा टोलीले श्रीलंकामा बिहिवारबाट सुरु हुने अण्डर १९ एसियाकपमा सहभागीता जनाउदैछ । आयोजक श्रीलंकासंगै समुह बीमा रहेको नेपालले बंगलादेश र युएईसंग पनि समुहचरणमा प्रतिस्पर्धा गर्नेछ । शुक्रबार श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्ने नेपालले सेमिफाइनलमा स्थान बनाउन कम्तीमा एक टेष्ट राष्ट्रको टिमलाई पराजित गर्नुपर्नेछ । उपाधिका दाबेदार मानिएका टोलीबिरुद्धको प्रतिस्पर्धामा आफुलाई अब्बल सावित गर्न नेपाललाई निक्कै चुनौती देखिएको छ ।

प्रतियोगिताकै तयारीका लागि नेपाली टोलीले श्रीलंकामा स्थानिय क्लबहरुसंग ३ वटा अभ्यास खेल खेलेको थियो । जसमा एक खेलमा जित निकालेको नेपालले २ खेल भने गुमाएको थियो । पहिलो खेलमा औषत प्रर्दशन गरेपनि फिल्डिङमा गरेको कमजोरीका कारण नेपाली टोली हार भोग्न बाध्य बनेको थियो । फिलिडङको चुस्ततामा देखिएको कमजोरीसंगै कप्तान रोहित पौडेलसहित मुख्य ब्याट्सम्यानको फर्मको चिन्ताले पनि टोलीलाई दबाव थपिएको छ । कप्तान पौडेलसंगै माथिल्लो क्रमका पवन सर्राफ, सन्दिप झोरा र हरी बहादुर चौहानले लय समाउन नसक्दा टोलीको ब्याटिङ औषत भन्दा तल झरेको छ ।

आसिफ शेख, रित गौतम र भीम सार्किले केहि आशा जगाएपनि यीनै खेलाडीको भरमा टोलीले लक्ष्य प्राप्त गर्न निक्कै गाह्रो हुनेछ । बलिङमा सन्तोषजनक प्रर्दशन गर्दै आएपनि हरेक समय नेपाललाई ब्याटिङकै समस्याले प्रताडित बनाउदै आएको छ ।
तर बलिया टेष्ट राष्ट्रमाथी पनि नेपालले निकाल्दै आएको नतिजाले केहि आशा गर्ने ठाँउ भने अवश्य रहेको छ । टोलीमा सिनियर राष्ट्रिय टोलीबाट समेत खेलिसकेका रोहित पौडेल, आसिफ शेख, भीम सार्की र पवन सर्राफ जस्ता खेलाडी रहेकाले त्यसले केहि सहजता थपेको छ ।
कप्तान पौडेलले भने झै– नेपालले अविश्वसनिय नतिजा निकाल्दै अघिल्लो चरणमा स्थान बनाओस, अग्रीम शुभकामना !


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?