Logo

अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता भोली सुरु हुदै, नेपालको खेल पर्सी

ई-खेलकुद २०७६ भदौ १८ , बुधबार ०२:०९ मा प्रकाशित

काठमाण्डौ । अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता श्रीलंकामा भोली सुरु हुदैछ । ५ टेष्ट खेल्ने सहित ८ राष्ट्र सहभागी प्रतियोगिताको पहिलो दिन भोली २ खेल हुनेछन् ।
उद्घाटन खेलमा भोली भारत र कुवेतबिच प्रतिस्पर्धा हुनेछ । भोली नै अफगानिस्तान र पाकिस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ । यी चारै टोली समुह ए मा रहेका छन् ।
समुह बी मा रहेको नेपालले शुक्रबार श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । सोहि दिन बंगलादेश र युएईपनि आमने सामने हुनेछन् । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने भएकाले पहिलो खेलबाटै त्यसको सुरुवात गर्ने नेपालको तयारी छ ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?