
एजेन्सी । श्रीलंकामा जारी एसीसी अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुदैछ । कोलम्बोस्थित आरपीएस क्रिकेट मैदानमा नेपाली समयानुसार बिहान सवा १० बजे उपाधि भिडन्त सुरु हुनेछ ।
बिहिबारका लागि तोकिएको सेमिफाइनलका दुबै खेल बर्षाले अबरुद्ध भएपछि समुहका शीर्ष स्थानमा रहेका भारत र बंगलादेशबिच उपाधि भिडन्त हुन लागेको हो । सेमिफाइनलमा भारतले आयोजक श्रीलंका र बंगलादेशले अफगानिस्तानसंग खेल्ने तालिका थियो । तर दिनभर लगातार बर्षा भएपछि प्रतियोगिताको नियमानुसार भारत र बंगलादेशबिच प्रतिस्पर्धा हुन लागेको हो ।
भारत समुह एको तथा बंगलादेश समुह बीको विजेता टोली हुन् । नेपाल समेत सहभागी प्रतियोगितामा नेपाल १ जित हात पार्दै समुहचरणबाटै बाहिरिएको थियो ।
