Logo

अण्डर १९ एसियाकप क्रिकेट : ईण्डिया र पाकिस्तान तथा कुवेत र अफगानिस्तान भिड्दै

ई-खेलकुद २०७६ भदौ २१ , शनिबार ०९:०९ मा प्रकाशित

एजेन्सी । श्रीलंकामा जारी अण्डर १९ एसिया कप क्रिकेटमा आज समुह ए अन्तर्गतका २ खेल हुदैछन् । आज ईण्डियाले चीर प्रतिद्धन्दी पाकिस्तानसंग प्रतिस्पर्धा गर्दा, अफगानिस्तानले कुवेतसंग खेल्नेछ ।
पहिलो खेलमा कुवेतलाई हराएको ईण्डिया, पाकिस्तानलाई हराउदै सेमिफाइनल पुग्ने योजनामा रहदा, अफगानिस्तानसंग लज्जास्पद हार भोगेको पाकिस्तान पहिलो जितको खोजीमा रहेको छ । यी २ टोलीबिचको प्रतिस्पर्धा टेरोनी र्फनाण्डो स्टेडियममा नेपाली समयानुसार अहिले बिहान सवा १० बजे सुरु हुनेछ ।
सोहि समयमा कोलम्बोस्थित आर प्रेमादाशा रंगशालामा अफगानिस्तान र कुवेतबिचको खेल चल्नेछ । पाकिस्तानलाई हराएर सनसनीपुर्ण यात्रा थालेको अफगानिस्तान कुवेतलाई हराउदै ईण्डियासंगको खेल अगावै अन्तिम चारमा पुग्न चाहान्छ । तुलनात्मक रुपमा कमजोर टोलीका रुपमा रहेको कुवेतलाई भने पहिलो जित निकाल्न अफगानिस्तानबिरुद्ध ठुलै मेहनतको जरुरी हुनेछ ।
समुह बी मा रहेको नेपालले आफ्नो दोस्रो खेल भोली बंगलादेशसंग खेल्नेछ ।


सम्बन्धित खवर

लोकप्रिय छुटाउनुभयो कि ?