
काठमाण्डौ । अण्डर १९ एसियाकप क्रिकेट प्रतियोगिता श्रीलंकामा आज सुरु हुदैछ । एसियाबाट टेष्ट खेल्ने ५ राष्ट्रसहित ८ टोलीले प्रतिस्पर्धा गर्ने प्रतियोगिताको नयाँ संस्करण श्रीलंकाको राजधानी कोलम्बोमा आज सुरु हुन लागेको हो । प्रतियोगिताको पहिलो दिन आज समुह ए अन्र्तगतका २ खेल हुनेछन् । उद्घाटन खेलमा भारत र कुवेतबिच प्रतिस्पर्धा हुनेछ । सोहि समय अफगानिस्तान र पाकिस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ । दुबै खेल नेपाली समयानुसार बिहान सवा १० बजे सुरु हुनेछ ।
समुह बी मा रहेको नेपालले भोली श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । भोली नै बंगलादेश र युएईपनि आमने सामने हुनेछन् । समुहका शीर्ष २ टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । नेपाल कम्तीमा एक टेष्ट राष्ट्रलाई हराउदै सेमिफाइनल पुग्ने लक्ष्यका साथ श्रीलंका पुगेको छ ।
