Logo

अण्डर १९ एसियाकपमा नेपालले श्रीलंका र बंगलादेशसंग समुह चरणमै खेल्ने

ई-खेलकुद २०७६ भदौ ४ , बुधबार ०८:०८ मा प्रकाशित

काठमाण्डौ । श्रीलंकामा सेप्टेम्बर ५ देखी सुरु हुने एसीसी अण्डर १९ एसियाकप क्रिकेटमा नेपाल, श्रीलंका र बंगलादेश रहेको समुहमा परेको छ । एसियाली क्रिकेट काउन्सील एसीसीले सार्बजनिक गरेको ड्र अनुसार नेपाल रहेको समुहमा आयोजक श्रीलंका, बंगलादेश र युएई परेका हुन् । नेपालले सेप्टेम्बर ६ मा श्रीलंकासंग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । दोस्रो खेलमा सेप्टेम्बर ८ मा बंगलादेशसंग र समुहचरणको अन्तिम खेलमा सेम्टेम्बर १० मा युएईसंग खेल्नेछ ।
समुहका शीर्ष २ टोली सेमिफाइनल पुग्ने भएकाले नेपाललाई सुरुवाती २ खेलमै दबाव रहनेछ । अर्को समुहमा भारत, पाकिस्तान, कुबेत र अफगानिस्तान रहेका छन् । प्रतियोगिताको तयारीका लागि नेपाली टोली शनिबार आयोजना स्थल श्रीलंका जानेछ । त्यहाँ नेपालले ३ वटा अभ्यास खेल्ने खेल्ने गरी तयारी भईरहेको प्रशिक्षक बिनोद दासले बताउनुभयो ।


सम्बन्धित खवर

ट्रेन्डिङ

लोकप्रिय छुटाउनुभयो कि ?