
एजेन्सी । श्रीलंकामा जारी अण्डर १९ एसियाकप क्रिकेटका दुबै सेमिफाइनल खेल आज हुदैछन् । पहिलो सेमिफाइनलमा आयोजक श्रीलंका र भारतबिच प्रतिस्पर्धा हुनेछ । कोलम्बोस्थित पि सारा ओभल मैदानमा यी २ राष्ट्रबिच पहिलो सेमिफाइनल भिडन्त हुनेछ । भारत समुह एको बिजेताका रुपमा सेमिफाइनल पुगेको हो भने श्रीलंका समुह बीको उपविजेताका रुपमा अन्तिम चारमा प्रबेश गरेको हो ।
सोहि समय बंगलादेश र अफगानिस्तानबिच पनि प्रतिस्पर्धा हुनेछ । बंगलादेश समुह बीको बिजेता हो भने अफगानिस्तान समुह एको उपबिजेता टोली हो ।
प्रतियोगितामा सहभागी नेपाल भने मात्र १ जित निकाल्दै समुहचरणबाटै बाहिरिएको थियो ।
