
काठमाण्डौ । पोखरामा जारी साग महिला क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा नेपालले शानदार जित हात पारेको छ । पोखरा रंगशालामा आज भएको खेलमा कमजोर प्रतिद्धन्दी माल्दिभ्सलाई १० विकेटले हराउदै नेपालले विजयी सुरुवात गरेको हो ।
माल्दिभ्सले दिएको १७ रनको झिनो चुनौती नेपालले मात्र ५ बलमा बिना क्षती भेट्टायो । काजोल श्रेष्ठ १३ र सिता राना मगर शुन्य रनमा अबिजित रहदै नेपाललाई जित दिलाए ।
यसअघि अन्जली चन्दले किर्तिमानी बलिङ गरेपछि माल्दिभ्स १० दशमलब १ ओभरमा १६ रनमा समेटिएको थियो । अन्जलीले २ दशमलव १ ओभर बलिङ गर्दै बिना रन खर्चेर मालिद्यभ्सको ६ विकेट झारिन् । यो बलिङ विश्व किर्तिमानी बलिङ हो ।
